अनसनमा बसेका अस्थायी शिक्षकको स्वास्थ्य अवस्था नाजुक,

तत्काल माग पुरा नगरिए थप आन्दोलन चर्काउने चेतावनी

Reporters clb

काठमाडौं । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले सरकारले बिभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको छ ।

सोमबार अपरान्ह संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बिभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने, विगतका विज्ञापनबाटै विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने लगायतका मागमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो ।

आन्दोलन समितिका अध्यक्ष हेम चौलागाँईले अस्थायी शिक्षकका नाममा सरकारले अयोग्यजस्तो शब्द प्रयोग गरेर अस्थायी शिक्षकहरूको आत्मसम्मानमाथि प्रहार गरेको आरोप लगाए ।

उनले भने,‘हामीले पढाएका मानिस योग्य हुने, हामी कसरी अयोग्य हुने हाम्रा माँग र आवाज सरकारले नसुनेको होईन, सुनेरपनि नसुनेझैगरेको छ ,।

अयोग्यताको विल्ला भिराएर हाम्रो आत्मसम्मानमा सरकारले प्रहार गरेको छ, । यसमा म दुःख प्रकट गर्दछु । साथै पाँचजना शिक्षक साथीहरू आमरण अनसनमा हुने, उनीहरुको स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको छ, यसमा सरोकारवाला पक्षले समयमै ध्यान देओस् ।’

उनले अघि थपे,‘मैले पटक पटकका वार्तामा भनेको छु, शिक्षा मन्त्रालयका सचिव र अधिकृतलाई फेरी एकचोटी लोकसेवाको परिक्षा दिनजाउँ तपाई पास हुनसन्छ की फेल तर उनले भने कहाँ पहिलेको जमानामा नाम निकालेको मान्छे हु के उनलाई समय पुरानो हुने, प्रावधान पुरानो हुने अस्थायी शिक्षकलाई नहुने हुन्छ हाम्रो माग यही हो, ।

सामान्य प्रक्रियाबाट शिक्षकलाई स्थायी गरियोस्, हामी यति मात्र चाहन्छौ, अयोग्यताको विल्लाबाट दुई दिन भएपनि स्थायी शिक्षकको प्रमाणपत्र बोकेर मर्न तयार छौँ ।

बिन्दा कुमार दास चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका महासचिव कुमोदप्रसाद कर्णले असार २ गते देखी राजधानीको भद्रकालीमा पाँचजना अस्थायी शिक्षक आमर अनसनमा बसिरहेको र उनीहरुको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक रहेको बताए ।

उनले भने,‘किसुन यादव, जीत बहादुर गुरुङ्, कलावती जोशी, सुलेखा देवी कायस्थ र कलुस केसीको स्वास्थ्य अवस्था नाजुक छ, यसमा पनि सरकारले तत्काल ध्यान देओस्, सरकारले अस्थायी शिक्षक आन्दोलन शान्त हुन्छ र रित्तो हात घर फर्किन्छन भन्ने सोचेको छ भने, त्यो दिवा सपना मात्रै हो ।’

कार्यक्रममा आन्दोलन समिति सदस्य तुराज कठायत, शान्ति शाही हेमन्ता मिलन लगायतले आन्दोलनका बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस