एसईईमा सफलता ७० वर्षे दुर्गे कामीलाई

Durge kaami

पोखरा । माध्यमिक शिक्षा परीक्षा एसईई को शुक्रबार प्रकाशित नतिजामा सबैभन्दा खुशी कोही भएको छ भने दुर्गे कामी हुन् ।  

७० वर्षको उमेदमा एसईई परीक्षामा सामेल भएका स्याङ्जा फेदीखोलाका दुर्गे कामीलाई पनि उच्च शिक्षाको बाटो खुलेको छ। नतिजामा १.२ जीपीए ल्याएका उनले क्याम्पस पढेर शिक्षक बनी शिक्षाको महत्वबारे सिकाउने लक्ष्य राखेका छन् ।

फेदीखोलास्थित खड्केटारीको कालाभैरव माविबाट दुर्गेसहित २३ जनाले परीक्षा दिएका विद्यालयका प्रधानाध्यापक खगेन्द्र सुवेदीले जानकारी दिए। दुर्गेको सिम्बोल नम्बर ०४२४१८६ एल हो ।

१६ वर्षअघि जीवनसंगीनी रुपालाई गुमाएका उनका चार छोरा, तीन छोरी र नौ नातिनातिना रहेका छन् । उनी एक्लै बस्ने भएकाले खाना आफै पकाएर खाने गर्छन् । न्युन आएका भएका उनी अर्काको काम गरेर दैनिक खर्च चलाउँछन् ।

विद्यालय समयमा लठ्ठी टेक्दै नियमित हाजिर हुने गरेका उनले विदाको दिन अरुको मेलापात गर्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...