एसईईको नतिजा सार्वजनिक

Neb

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको छ ।

१० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको भएपनि संशोधित शिक्षा ऐनअनुसार यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।

यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार २ सय ८४ जनाले ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज जीपीए प्राप्त गरेका छन् ।

यस्तै, ४२ हजार ४ सय २७ ले ३.२ भन्दा माथि देखि ३.६ जीपीए ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५० हजार ६ सय ४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् ।

१।२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् । परिक्षामा सामेल भएका मध्ये २ सय १९ जनाको परिक्षा रद्ध गरिएको छ ।

परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।

विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब सीभन्दा क।म ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक एक्जाम्टेड परीक्षार्थी भन्ने हुँदैन । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउथ्यो । ग्रेड वृद्धीका लागि पुनः परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...