लायन्स क्यबिनेट अफिसरहरुको स्कुलिङ कार्यक्रम सम्पन्न

Layans

पोखरा, । लायन्स क्लवस अन्तर्रािष्ट्रय डिष्ट्रिक्ट ३ सय २५ बी १ नेपालको लायन वर्ष ०१७÷१८ का क्याविनेट अफिसरहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको स्कुलिङ कार्यक्रममा डिष्ट्रिकटका विभिन्न उच्च ओहोदामा रहेका २ सय ५० क्याविनेट अफिसरहरु सहभागी भएका थिए ।

लायन वर्ष ०१७÷१८ का लागि अफिसरहरुको समाज सेवामा नागरिकको दायित्व, समाजसेवाका कार्य र क्षमता अभिबृद्धी लगायतका विबिध क्षेत्रका वारेमा लायन्स अन्तराष्ट्रियका डाइरेक्टर संजय खेतान,ट्रेनर रमण नेपाली (भट्टराई),किनोट स्पिकरका रुपमा निम्ताएका समता नेपाल पार्टीका संयोजक रबिन्द्र मिश्र लगायतले बोलेका थिए ।

लायन वर्ष ०१७÷१८ का लागि आआफ्नो पदीय जिम्मेवारी लगायत लायन्सको विबिध बिषयमा केन्दीत भएर डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटी,इलेक्ट गभर्नर धनराज आचार्य,पिएमसिसी दिपक श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ,राजन लम्साल,आइपिडीजी धुर्व थापा,पिडिजी यागेन्द्र प्रधान,गिरिधारी शर्मा, प्रथम र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट अशोक कुमार श्रेष्ठ र इन्दु लम्साल, डेजिक्नेटेड क्याविनेट सेक्रेटरी चण्डी प्रसाद अर्याल र चिफ एडभाइजर मनबहादुर रोका लगाायतले सहजीकरण गरेका थिए

लायन्स क्लब अन्तर्रा्ष्ट्रिय स्थापनाको १ सय वर्ष पुगेको अवसरमा डिष्ट्रिक्टले अगाडि सारेका १सय महत्वपूर्ण कार्यक्रमहरु एवं क्याविनेट अफिसरहरुले गर्नुपर्ने जिम्मेवारीको विषयमा लायन वर्ष ०१७÷१८ लायन वर्षमा कार्यकाल कसरी सफल बनाउने भन्ने सेसनको सहजीकरण डिष्ट्रिक्ट गभर्नर इलेक्ट धनराज आचार्यले,मिएमसिसी राजन लम्साल, डिष्ट्रक गभर्नर बालकृष्ण बुर्लाकोटी,आइपिडिजी ,धुर्व थापा,पिडिजी योगेन्द प्रधान र गिरिधारी शर्माले गरेका थिए।

गभर्नर धनराज आचार्यले ल्याएका १सय कार्यक्रमहरुको वारेमा प्रकाश पारेका थिए । गभर्नर आचार्यले १ सय कार्यक्रम मध्ये यस बर्षको बिषेश कार्यक्रम ‘पढाउ अभियान’लाई सफल पार्न सवै क्याबिनेट अफिसरहरु लाई आग्रह गरे ।

सो अभियान’ अन्तरगर ठूलो धनराशिको अक्षयकोषको स्थापनागरी लायन्सको मातहतबाट ठूलो संख्यामा गरिब तथा जेहन्दार छात्र, छात्राहरुलाई छात्रबृत्ती प्रदान गर्ने उनले स्पष्ट पारे।

‘पढाउँ अभियान’को अक्षयकोष स्थापना गर्नका लागि आचार्यले आप्mनो हजुरबुवा र अल्पआयुमा मृत्यु भएका जेठान चन्द्र प्रसाद पौडेलको स्मृतीमा ५÷५ लाखका २ वटा छात्रबृत्ती अक्षकोषको घोषणा गरेका छन् ।

उनले अघि सारेको अभियानमा पुर्णरुपमा सहयोग गर्ने भन्दै क्याबिनेट अफिसर र क्लव अफिसरहरुको ठूलो संख्याले प्रतिबद्धता समेत जनाएको छ । आचार्यले अघिसारेको यो योजना महत्माकाँक्षी योजना हो। यस अभियान अन्तरगत ठूलो धनराशी जम्मा गर्ने र त्यसको बार्षिक ब्याजबाट प्रत्यक बर्ष सयौं जना लाई छात्रबृत्ती दिईने योजना छ ।

आचार्यका अनुसार करोड भन्दा माथिको अक्षयकोषको लागि आशअस्वान आई सकेको छ । यस अक्षकोष मार्फत जोकोहीले पनि आफन्तको स्मृतीमा नामाकरणगरी अक्षकोष स्थापना गर्न सक्ने छन् ।

स्थापनागरीएको अक्षकोष लायन्स मार्फत सम्बन्धित ब्याक्याक्तीले चाहेको नामबाट स्थापना गरी गरिव तथा जेहन्दार छात्र, छात्रालाई प्रत्यक बर्ष प्रदान गरिने छ। यस अभियानमा लायन्स तथा गैरलायन्स समेत सहभागि हुन पाउने छन् ।

कार्यक्रमको समापन कार्यक्रम डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीको प्रमुख अध्यक्षतामा भएको थियो । उक्त अवसरमा पिएमसिसी दीपक श्रेष्ठ, राजन लम्साल, प्रेम बहादुर श्रेष्ठ, आइपिडिजी धु्रब बहादुर थापा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागीको तर्फबाट किशोर बराल र माया लम्सालले प्रभावकारी कार्यक्रम रहेको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन डेजिक्नेटेड क्याविनेट सेक्रेटरी लायन चण्डी प्रसाद अर्यालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...