इँट्टा उद्योगमै बालबालिकालाई औपचारिक शिक्षा

Education

मोरङ । इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन् ।

बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले शिक्षा लिएका हुन् ।

परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारका अनुसार जिल्लाको बहुसङ्ख्यक इँट्टा उद्योगमा कार्यरत ९० प्रतिशत भारतबाट आएका कामदार र बाँकी १० प्रतिशत मात्र नेपाली कामदार कार्यरत छन् ।

भाषाको कारण बङ्गाली शिक्षक पाएको छैन जसबाट साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ । सो उद्योगमा ३१० पुरुष, २०३ महिला र ३७ जना किशोर अवस्थाका कामदार रहेको कार्यरत रहेको परियोजनाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...