शिक्षा नियामावलीको विरोधमा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी विद्यालयलाई मान्यता नदिइएकोमा आपत्ति जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले सरकारले ल्याएको नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकोमा आपत्ति जनाएका हुन् । उनीहरु त्यसविरुद्ध आन्दोलन चेतावनीसमेत दिएका छन् ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उल्लेख छ ।

शुल्क लिन १५ वर्षअघि तय गरिएको विधि अवैज्ञानिक भएको र व्यक्तिको सम्पत्ति बेच्न, सट्टापट्टा गर्न तथा थपघट गर्न समेत मन्त्रालयको स्वीकृति लिनुपर्ने प्राबधान सङ्घीयतासँग मेल नखाने उनीहरुको तर्क छ ।

प्रतिकृया दिनुहोस