बुबाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घर भई हाल अमेरिकामा रहनुभएका सुरज थापाले स्व बुबा मीनबहादुर थापाको स्मृतिमा ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न परिवारका विद्यार्थीलाई पाँच वर्षसम्म मासिक पाँच÷पाँच हजार वितरण गर्ने गरी छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

ज्यामरुककोट समाज युएसएका संयोजकसमेत रहनुभएका थापाले ज्यामरुककोट समाज नेपालको सिफारिस र संयोजनमा सो छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो ।

छात्रवृत्ति प्राप्त गर्नेमा अर्जुन माविमा कक्षा ११ मा अध्ययनरत छात्र शिव परियार र राधाकृष्ण आधारभूत विद्यालय गौश्वारामा कक्षा ८ मा अध्ययनरत छात्रा समीक्षा सुनार रहेकी छन् ।

चालु शैक्षिक वर्षका लागि परियार र सुनारलाई अर्जुन माविमा आयोजित एक कार्यक्रममा थापाकी आमा एवम् ज्यामरुककोट समाज नेपालकी आजीवन सदस्य खदेवी थापाले वैशाख महिनाको पाँच÷पाँच हजार छात्रवृत्ति प्रदान गरेकी हुन् ।

उनीहरुलाई एक वर्षसम्म मासिक पाँच÷पाँच हजार उपलब्ध गराइने ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताए ।

ज्यामरुककोट क्षेत्रका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न सहयोग पुगोस् र आर्थिक अभावले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर आगामी पाँच वर्षसम्म निरन्तर रुपमा मासिक पाँच हजार छात्रवृत्ति प्रदान गरिने थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...