५० हजार नगद सहित एक सय भन्दा बढी चेपाङ बालबालिकालाई सहयोग

Chepang childran

चितवन । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको छ ।

लायन्स क्लब अफ काठमाडाँै मनहराले क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिए ।

सो केन्द्रमा जिल्लाका विभिन्न विकट ठाउँमा पढ्न नपाएर बसेका एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

उनीहरु अहिले नजिकै रहेको पञ्चतेज ज्योति आधारभूत शिक्षालयमा पढ्दै आएका छन् । उक्त स्कुलमा अङ्ग्रेजी शिक्षाको पठनपाठनसमेत यो वर्षबाट औपचारिक रुपमा थालनी गरेकाले सहयोगस्वरुप प्राप्त उक्त रकमबाट ती बालबालिकाको अङ्ग्रेजी शिक्षामा खर्च गरिने शिक्षालयका प्रधानाध्यापक रामबहादुर मगरले बताए ।

 

प्रतिकृया दिनुहोस