कलेज र अस्पतालको आम्दानीले विमान सञ्चालन

रकमको अभावले कष्टकर दिन बिताउन बाध्य

Janake clz

जनकपुरधाम, । जानकी कलेजको आम्दानीबाट करिब १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको छ ।

सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेज सञ्चालनको सम्भावना झिनो हुँदै गएको कर्मचारीहरुले आरोप लगाए ।

१७ महिना देखि काम गरेको पारिश्रम नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले बताएका छन् । कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चयकोषको रकम एक अर्ब भन्दा अधिक भइसक्दा पनि सञ्चालकले यसलाई व्यक्तिगत व्यवसायको स्रोत बनाएको आरोप सङ्घर्ष समितिका अध्यक्ष सुरेन्द्र पाठकले लगाए ।

रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको कर्मचारीहरुले गुणासो गरेका छन् ।

सो कलेजमा जेठ ४ गतेदेखि र अस्पतालमा फागुन २ गतेदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ । कलेजको यस्तो अवस्थाले विद्यार्थीको भविष्यकाथि प्रश्न उठेको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...