घुस लिँदालिँदै रङ्गेहात पक्राउ

Akhtiyar durupayog

पर्सा, । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झा रहेका छन् ।

वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले पक्राउ गरेको हो ।

पर्साको श्री नेरा प्रावि मैरनपुर, पर्साको तीनतले भवन निर्माणको बिल फछ्र्यौट गरेबापत जिसिअ तिवारीले ५० हजार र इन्जिनियर झाले २० हजार नगद लिएपछि घुस रकमसहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ ।

नेरा प्रावि मैनपुरको तीनकोठे भवन निर्माणको १९ लाख ५० हजारको बिल भर्पाई फछ्र्यौट गरेबापत जिसिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पूर्वसूचनाका आधारमा छापा मारी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ ।

बरामद गरिएको घुस रकमको बरामदी मुचुल्का गरी जिसिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...