विद्यालयमा पुस्तकालय

Libeary

म्याग्दी । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् ।

रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् ।

बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फापरखेतको खड्ग भवानी आधारभूत विद्यालय र बेनपा १ अर्जमको ज्ञानपुञ्ज आधारभूत विद्यालयमा पनि विद्यालय पुस्तकालय स्थापना गरिएपछि म्याग्दीका १०१ वटा विद्यालयमा पुस्तकालयको पहुँच पुगेको हो ।

विद्यालय पुस्तकालयको उद्घाटन गर्दै बेनपा–२ का नवनिर्वाचित वडा अध्यक्ष हिराबहादुर थापाले पुस्तकालयको प्रयोगले निरक्षरता उन्मूलनमा सहयोग पुगेको बताए ।

त्यस्तै, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले पुस्तकालयले आत्मनिर्भर बन्न र स्वतन्त्र पाठक बनाउन मद्दत पुगेको बताए ।अर्जुन मावि, भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्री, विद्यालयका पूर्व अध्यक्ष यामबहादुर कार्कीले पनि मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...