निःशुल्क कम्प्युटर तालिम

Computer n

कञ्चनपुर, । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र १० जना छात्रको सहभागिता रहेको छ ।

स्थानीय कम्प्युटर इन्स्टिच्युटसँग समन्वय गरी तालिम दिने व्यवस्था मिलाइएको दलित सञ्जालका संयोजक शिवी लुहारले बताए । आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले अवसरबाट वञ्चित समुदायका बालबालिकाले तालिमपश्चात् रोजगारी पाउनमा सहजता हुने बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले तालिमपश्चात् सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै नगरपालिकाको लगानी सदुपयोग हुने बताए । यसैगरी, महिलाका लागि नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...