ट्राफिक स्वयम्सेवामा विद्यार्थी

Student traffic

काठमाडौँ, । चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् ।

काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहेका छन् ।

गोल्डेनगेट कलेजमा स्नातक पढ्दै आएका एरीक बस्नेतले आफू दैनिक तीन घन्टा स्वयम्सेवामा खटिने गरेको बताइन् । उनले भनिन्, समाजसेवा विषयको अध्ययन गरेपछि समाजसेवा त गर्नुप¥यो तर काम गर्न ट्राफिकलाई एकदमै अप्ठयारो हुँदो रहेछ

यस्तै गोल्डेनगेट कलेजकै अर्की विद्यार्थी रक्षा रिजाल स्वयम्सेवा गर्न आउँदा पैदलयात्रु र सवारी चालकले नटेर्ने गरेको बताउछिन् ।उनी भन्छिन्, “कतिपय चालक तथा पैदलयात्रुले विद्यार्थी स्वयम्सेवक त हुन् नि भनेर टेर्दैनन् ।”पछिल्लो समय ट्राफिक सेवा गर्ने स्कुले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा ट्राफिक सेवा गर्नेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो । कतिपय समाजसेवा पढाउने कलेजले त प्राक्टिकल भन्दै १५२ घन्टा स्वयम्सेवा गर्न विद्यार्थी खटाउने गरेका छन् ।

यसरी खटाउने कलेज तथा स्कुलमा जोसेफ, सेन्ट जेभियर्स, लिङ्कन, गोल्डेनगेट, ओरियन्ट, मोर्गन, ब्रिलियन्ट, बानेश्वरलगायत रहेका छन् ।आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार ५०० विद्यार्थीले स्वयम्सेवा गरेको महाशाखाका प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस