‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ लाई यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’

118250697 348376736329978 690559634966588905 n 1

काठमाडौँ । ‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ ले यस वर्षको ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको छ । यो नेपालकै प्रथम आधिकारीक बुटिक होटल हो ।

राजधानी काठमाडौँको ठमेल स्थित जेपी मार्गमा रहेको ‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ लाई वर्षेनि ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्रदान गर्दै आइरहेको प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले सो अवार्ड दिएको हो । 

होटल सञ्चालन भएदेखि नै सन् २०१५ बाट २०१६, २०१७, २०१८, २०१९, २०२० सम्म आइपुग्दा निरन्तर सो अवार्ड प्राप्त गर्दै आएको होटलका सञ्चालक टासी गुरुङले जानकारी दिए । पर्यटकको मुटु मानिएको ठमेलमा अवस्थित ‘रोयल पेन्गुइन बुटिक होटल एण्ड स्पा’ ले  ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्राप्त गरेको भन्दै होटलका सञ्चालक टासी गुरुङले आफ़्ना सम्पूर्ण कर्मचारी र  पाहुनालाई धन्यवाद दिँदै खुसी व्यक्त गरे ।

पर्यटकको रोजाइमा पर्न सफल रहेको होटलले अवार्ड पाउनुमा राम्रो व्यवस्थापन, टीम वर्क, मेहनत र पर्यटकले बसाईपछि  दिएको सल्लाह सुझावको आधारमा पाएको यो उपलब्धीले धेरै हर्ष र जागरुक बनाएको र आगामी दिनहरुमा पनि  उत्कृष्ट हुने विश्वास लिएको सञ्चालक गुरुङले बताए ।

सन् २०१३ भन्दा अघि ठमेललाई सस्तो र झोले पर्यटक मात्र बस्ने मान्यता थियो। त्यति बेला सिमित ३ तारे स्तरको २-३ वटा होटल थिए भएपनि प्राय साना होटल र गेष्ट हाउस मात्रै थिए। जब ‘रोयल पेन्गुइन बुटिक होटल’  सञ्चालनमा आयो यसले उच्च स्तरका पर्यटक पनि ठमेलमा भित्र्याउन सुरु भयो। ठमेलमा पनि क्वालिटीको पर्यटक बस्न सक्छन भन्ने कुरा  ‘रोयल पेन्गुइन बुटिक होटल ७ स्पा” ले साबित गर्यो। 

अहिले पनि ठमेलमा २-२  वटा पाँच तारे होटल छन्  र अन्य होटल बन्दैछन्  भने पछिल्लो पटक राम्रा र गुणस्तरिय होटलहरु पनि खुलेका छन् । ‘अहिले विश्वभर कोरोना भाइरस कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा ठूलो असर परे पनि कोरोना भाइरस नियन्त्रणका खोपहरु निस्केपछि विश्वभर रहेको पर्यटक हाम्रो सुन्दर देश नेपाल भ्रमणमा आउने र नेपालको पर्यटन क्षेत्र सगरमाथको उचाइभन्दा माथि पुग्नेछ भन्नेमा विश्वास लिएका छौँ ।’ गुरुङले भने । 

उनले भने, ‘म चाहन्छु नेपालको पर्यटन क्षेत्रका अरु व्यवसायीहरुले पनि यो महत्वपूर्ण अवार्डको भागिदार बनुन् । आज यो गरिमामय अवार्ड दिलाउनुमा हाम्रा स्वदेशी तथा विदेशी ग्राहकहरुले दिएको माया, बिस्वास, सद्भावप्रति आभारि छु । सबैलाई धेरै धन्यवाद दिन चाहन्छु र नेपाललाई सधै माया गरूँन।’ जय कैलाश, जय नेपाल  !

प्रतिकृया दिनुहोस