धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन धनकुटामार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

आज संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनहरुले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र हस्तान्त्रण गरेका हुन् ।

विभिन्न ११ बुँदे मागसहित जिल्लामा सकृय चारै संगठनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

देशभरि वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनहरुको संयुक्त कार्यक्रम रहेको थियो । सोही बमोजिम नेपाल निजामति कर्मचारी संगठन धनकुटाका अध्यक्ष सुरेन्द्र खत्री, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनकुटाका अध्यक्ष देवानकुमार राई, नेपाल निजामति कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिरबहादुर बुढाथोकी, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, धनकुटाका अध्यक्ष दोर्णबहादुर बस्नेत लगायत जिल्लामा रहेका सरकार कर्मचारीहरको टोलीले आज धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

कर्मचारीहरुले माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी संगठनहरुको केन्द्रीय कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...