रघुजी पन्त शिक्षामन्त्री नियुक्त, हटाइए कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री

Raghu panta

काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन् ।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोही वर्ष साउन १८ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर, गत ८ वैशाखमा एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

ओलीले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा शिक्षामन्त्रीको वरीयता १८ औं नम्बरमा राखिएको थियो । अहिले भने उक्त वरीयता बढाएर आठौंमा ल्याइएको छ । नवनियुक्त शिक्षामन्त्री पन्तलाई परराष्ट्रमन्त्री आरजु राणाभन्दा पछाडिको वरीयतामा राखिएको छ । पार्टीमा पनि भट्टराई भन्दा पन्त सिनियर नेता हुन् । पन्त एमालेका स्थायी कमिटी सदस्य हुन् भने भट्टराई केन्द्रीय सदस्य हुन् ।

आजको पुनर्गठनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् । तामाङ बर्खास्तमा परेसँगै ओली क्याबिनेट २४ सदस्यीय बनेको छ । यसअघि मन्त्रिपरिषद् २५ सदस्यीय थियो ।

प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा आफूलाई बुधबार बर्खास्त गरिएको तामाङले बताउनुभयो । आफूले प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति नदिएको उहाले बताका छन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उहाँप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनी साउन १८ मा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...