चियासँग कविता कार्यक्रमको एघारौंं श्रृंखला धनकुटामा सम्पन्न, चर्चा र चासो बढ्दै

धनकुटा । चियाँसँग कविता कार्यक्रमको एघारौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको एघारौं श्रृंखलासम्म चर्चा र चासो बढ्दै गएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाको हलमा भएको एघारौं श्रृंखलामा कविता, मुक्तक, गजल वाचनका साथै गीत पनि प्रस्तुत गरिएको थियो । यही फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ ।
चियासँग कविता कार्यक्रमको एघारौं श्रृंखलामा सर्जकहरु धनश्याम बराल औलाली, भमि राई, ललित विश्वकर्मा, बद्रीनाथ अधिकारी, निर्मला कुँवर, विदुर खवास, खेम घिमिरे, गोपाल बराइली, सन्तोष सुवेदी, गौरव कार्की लगायतले आफ्ना साहित्यीक सिर्जनाहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा चन्द्रकला धमलाले गीत प्रस्तुत गरेकी थिइन् ।
सो कार्ययक्रममा सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले धनकुटामा भइरहेको चियाँसँग कविता कार्यक्रम साहित्यीक आन्दोलन भएको बताए । उनले चियाँसँग कविता कार्यक्रमलाई साहित्यीक आन्दोलनकै अघि बढ्नुपर्ने बताए ।
सो कार्यक्रममा जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्की, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, धनकुटा शाखाका सहसचिव इश्वर थापा, सहिद सरोकार समाजका अध्यक्ष तिलक प्रसाद राई, लगायतले धनकुटामा चियासँग कविता कार्यक्रमले धनकुटाका साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर जुराएको बताए । उनीहरुले साहित्यीक कार्यक्रमले नयाँ प्रतिभाहरुको जन्माउन मद्यत पुग्ने भएकाले यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस