धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायाले आज सूचना जारी गर्दै अन्य पालिकाहरुका नीजि विद्यालयहरुले सवारीसाधन प्रयोग गरी विद्यार्थी लैजान नपाउने उल्लेख गरेका छन् । महालक्ष्मी नगरपालिकाले पालिकाभित्रका सबै निजी विद्यालय बन्द गरिसकेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महालक्ष्मी नगरपालिका भित्रका निजी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ । पालिकाभित्र रहेका सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लािग भन्दै महालक्ष्मी नगरपालिकाको सडक प्रयोग गरी अन्य पालिकामा रहेका निजी विद्यालयले समेत विद्यालयका सवारी साधानहरू सञ्चालन गर्न नपाउने निर्णय गरिएको हो ।

हाल महालक्ष्मी नगरपालिकासँग सीमान जोडिएको छथरजोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाका नीजि विद्यालयहरुले स्कुल बसमार्फत सो क्षेत्रका विद्यार्थीहरु ल्याउने गरेका छन् । जसका कारण महालक्ष्मी नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । यसलाई रोक्न महालक्ष्मी नगरपालिकाले यस्तो कदम चालेको हो ।

‘अन्य पालिकामा रहेका निजी विद्यालयले हुँदै शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिका भन्दा अन्य गाउँपालिका तथा नगरपालिकाका निजी विद्यालयहरूका स्कुल बसहरू यस महालक्ष्मी नगरपालिकाभित्र प्रवेश गरी बालबालिकाहरू निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिका भित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशको लागि पूर्ण रुपमा रोक लगाइएको,’ प्रकाशित सूचनामा भनिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...