रक्सी पिउनेलाई यसकारण छोड्दैन लामखुट्टेले

Raksi lamkhutte

काठमाडौं । अहिले कोरोनाको महामारीका कारण यसबाट बच्न विभिन्न उपायहरु प्रयोग गरिन्छ । कोरोना महामारी र वर्षा यामका बेला लाग्ने लामखुट्टेको टोकाईका कारण मानिस झनै त्रसित बनेका छन् ।

भनिन्छ रक्सी पिउँदा केरानाले भेट्दैन र लामखुट्टेले पनि टोक्दैन । तर, रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ ।

रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ ।

रगतमा रहेको नशाका कारण लामखुट्टेलाई भने असर नगर्ने अमेरिकी अनुसन्धान प्रतिवेदन जर्नल अफ मस्विटो कन्ट्रोल एसोसिएशनले उल्लेख गरेको छ । लाखौं वर्ष देखि मानिसको रगत चुस्न अभ्यस्त भएका कारण लामखुट्टेमा विकार पचाउने प्रणाली विकास भैसकेकोे अध्ययनले देखाएको छ ।

मानिस वा प्रकृतिबाट खराब तत्व किरा फट्याङ्ग्राले चुसे पनि त्यसलाई विकारका रुपमा निकाल्न सक्ने क्षमताका कारण लामखुट्टेमा रक्सीले असर नगर्ने लन्डनको नेचुरल हिस्ट्री म्युजियमले उल्लेख गरेको छ ।

यसैगरी, ओ ब्लड ग्रुपका मानिस प्रति लामखुट्टे बढी आकर्षित हुने भएकाले उनीहरु समेत लामखुट्टेको नजरमा हुन्छन् । गर्भवती, लामो सास फेर्ने ब्यक्तिलाई लामखुट्टेले बढी टोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...