मन्त्रालयले भन्यो, एसईई चाडैँ हुन्छ, तयारी गर्नुस्

Education ministry

काठमाडौं । परिक्षा नै नलिई कक्षा उत्तिण गराइनुपर्ने चर्चा चलिरहँदा माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र विज्ञले एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले चर्चा पाएको थियो । तर, विद्यार्थी र अभिभावकलाई अन्योलमा परेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भए मात्र सम्भव छ । मन्त्रालय त्यो बिन्दुमा पुगेका छैनौं ।’

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आइतबार आयोजना गरेको वेबिनारमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन खुलेको दुई हप्तापछि एसईई र अरु परीक्षा लिइने बताए ।

‘विद्यमान कानुनअनुसार एसईई परीक्षाको तयारी जहाँ पुगेर रोकिएको त्यहीँबाट अघि बढ्छ,’ कोरोनाको महामारीमा जीवनलाई जोखिममा राखेर परीक्षालाई महत्व नदिइने उल्लेख गर्दै पौडेलले भने, ‘स्थिति सहज भएर लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर परीक्षार्थीलाई सूचना दिनेछौं । तयारीमै रहनुस् ।’

बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । परीक्षा नियन्त्रक रामराज खकुरेलले कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताए ।

सातै प्रदेशमा फरक–फरक प्रश्नपत्र रहेकाले फरक दिनमा परीक्षा लिँदा कुनै बाधा नपर्ने जनाइएको छ । परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा प्रकाशन गरिनेसमेत नियन्त्रक खकुरेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...