लकडाउनभर विद्यालय नखुल्ने, विद्यार्थी भर्ना अभियान अनिश्चत

Student child

काठमाडौं । आगामी शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान शुरु हुने अन्तिम तयारी भइरहेका बेला लकडाउनको अवधीभर विद्यार्थी भर्ना अभियान नहुने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थी भर्ना कार्यक्रम अघि नबढाउन निर्देशन दिएसँगै विद्यार्थी भर्ना अभियान अनिश्चित बनेको छ ।

हाल देशभर ३५ हजार विद्यालय छन् । अहिले कतिपय विद्यालयले विद्यार्थी भर्ना अभियान अघि बढाएको पाइएको छ ।

कतिपयले भने अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । शिक्षा मन्त्रालयले अनलाइन पठनपाठन भन्दै शुल्क नलिन विद्यालयलाई सचेत समेत गराएको छ ।

भर्नाको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न पनि विद्यालयहरुलाई शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।एसईई, कक्षा ११ र कक्षा १२ को परीक्षाको सन्दर्भमा कुनै निर्णय नभएको, तर सुक्ष्म अध्ययन भने भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...