बल्ल खुल्यो अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन, असार २२ गतेसम्म अनलाइनमार्फत फारम भर्न सकिने

काठमाडौं । लामो समयको रस्साकस्सीपछि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र  (लाइसेन्स) को लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले सोमबार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट योग्यता र शर्तको अधिनमा रही अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरेको हो । 

गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन । विज्ञापन खुलाउने विषयमै असार १ गते दिनभरी नै आयोगमा छलफल चलेको थियो । तर पर्याप्त गृहकार्य नभएको भन्दै आयोगले सोमबार मात्रै विज्ञापन आव्हान गरेको हो । 

आयोगले २०७६ असार २ गतेदेखि २०७६ असार २२ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाबाट तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

कसरी भर्ने फारम ?

परीक्षा दस्तुर बुझाउने प्रक्रियाः अनलाइन फाराम भरेर सबमिट पश्चात सिस्टमबाट जेनेरेट हुने भौचर अनुसारको रकम तोकिएको बैंकमा गई जम्मा गर्नुपर्नेछ । जम्मा गरेपश्चात पुनः अनलाइन एप्लिकेशनको बैंक भौचर भन्ने बटनमा गइ बैंक कारोवार संकेत नम्बर लगायत आवश्यक सम्पूर्ण विवरण शुद्धसँग भर्नुपर्नेछ । विवरण फरक परेमा आवेदन फाराम रद्ध हुन सक्नेछ ।

दरखास्त भर्ने विधिः यस आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online application माध्यममार्फत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे यस आयोगको वेबसाइटबाट जानकारी लिन सकिनेछ ।





कुन योग्यताले कुन तहमा दिन पाउने ?

माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको डा. आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए  । उनले भने , ‘पहिलो त योग्यता र तालिम पूरा गर्नेहरुले परीक्षा दिन पाउँनेछन् ।

अर्को कुरा, शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभएपनि परीक्षा दिन पाउने व्यवस्था गरिँदैछ ।’ साथै, साविकको उच्च माध्यमिक तहमा कार्यरत भएका कारणले अस्थायी लाइसेन्स पाउनेहरुका निम्ति पनि जाँच दिने अवसर दिन लागिएको डा. थपलियाको भनाई छ  ।






प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...