एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा असार दोस्रो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ ।

प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो । बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस