लोकसेवाका अध्यक्ष मैनाली भन्छन्ः आयोग युवाको ढुकढुकी हो, बिज्ञापन रद्द कसरी गर्नु ? मरिगए हुँदैन

काठमाडौँ ।  लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।  प्रदेश लोकसेवा आयोगको गठन नभएकै कारण लोकसेवाले बिज्ञापन गरेको भन्दै त्यसको बिरोध गर्नुको तुक नभएको उनको भनाई छ। 

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रदेश लोकसेवा आयोग गठन छिटो होस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धी जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी दिए ।

अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गरे । अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...