लोकसेवामा १ लाख २२ हजार,एकै दिन १७ हजारको आवेदन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ  । आयोगका अनुसार शुक्रबार सम्ममा १ लाख २१ हजार ७४८ जनाको आवेदन परेको हो ।

आयोगका अनुसार खुलातर्फ १ लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ हजार ११६, मधेसीतर्फ ६ हजार ९२७, दलितमा ८ सय ६७, अपांगमा ५६ र पिछडिएका क्षेत्रतर्फ ३८ जनाको आवेदन दर्ता भएको छ । आवेदन वापत २ करोड १९ लाख ८४ हजार ६ सय राजस्व संकलन भईसकेको आयोगले जानकारी दिएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्यौलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन । विहिवार सम्म अनुसार १ लाख ५ हजारको हाराहारीमा आवेदन परेको थियो ।

सर्वोच्च अदालतले बुधवार आयोगको विज्ञापन रद्द गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । यसपछि आवेदन दिनेको संख्या झनै बढेको छ ।

शुक्रबार एक दिनको अवधिमा मात्रै १७ हजारको संख्यामा आवेदन परेको छ । अदालतले ३ असारमा यस सम्वन्धि फैशला गर्ने जनाइएको छ ।

विज्ञहरुले समितिले करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन कानूनविपरित रहेको बताँउदै आएका छन । उनीहरुले यस सम्बन्धमा कुनै कानूनी आधार नरहेकोले निर्देशन पालना बाध्याकारी नहुने बताँउदै आएका छन् । आयोगले अदालतको अन्तिम फैसलालाई आधार मान्ने स्पष्ट पार्दै आवेदन दर्तालाई जारी राखेको बताँउदैँ आएको छ । यससँगै अदालतको फैसला के हुने भन्ने बिषय सबैको चासो बनेको छ ।

आवेदन दिईसकेकाहरुले विज्ञापन रद्द नगर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । त्यस्तै समावेशी सिद्धान्तको पालना गरी संविधानमा उल्लेखित हकको सुनिश्चितता कायम गर्न माग गर्दै आदिवासी–जनजाति, पिछडिएका समुदाय मधेशी लगायतका समुदाय प्रदर्शन गरिरहेका छन् ।

आयोगले गत १५ जेठमा ९ हजार १ सय ६१ जनाको लागि विज्ञापन खुल्ला गरेको थियो । आयोगले बिशेष कार्यतालिका र पाठ्यक्रम लागु् गरेर भर्ना प्रकृयालाई अगाडि बढाएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...