लोकसेवा विज्ञापनमा १ लाख ५ हजारको दरखास्त, कुन समूहतर्फ कतिले दरखास्त दिए ?

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द हुने या ऐथावत रहने अन्यौलताका बीच झन्डै १ लाख ५ हजारको सँख्यामा आवेदन परेको छ । आयोगमा विहिबार ४ बजेसम्ममा १ लाख ४ हजार २१८ जनाको आवेदन दर्ता भएको छ । आयोगले समावेशीतर्फका विभिन्न समूहतर्फ समेत उत्साहपूर्वक आवेदन दर्ता भएको जानकारी दिएको छ ।

विहिवार ४ बजेसम्मा समावेशी समुहतर्फ खुलामा १ लाख ३ हजार १ महिलामा २५ हजार ८४६, जनजातितर्फ १२ हजार २६१, मधेसीतर्फ ५ हजार ८२९, दलितमा ७ सय ४२, अपांगमा ५१ र पिछडिएका क्षेत्रतर्फ ३२ जनाको आवेदन परेको छ । यसबापत १ करोड ८० लाख ६६ हजार ४ सय राजस्व संकलन भएको आयोगले जानकारी दिएकोे छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि समेत आवेदन लिने क्रम नरोकिएको लोकसेवा आयोगले जनाएको छ । बुधवारको तथ्याङ्क अनुसार ९६ हजार ८३८ जनाको आवेदन दर्ता भएको थियो ।

सर्वोच्च अदालतले बुधवार आयोगको विज्ञापन रद्द गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै असार ३ मा दुवै पक्षलाई बोलाएर अन्तिम निर्णय दिने फैशला गरेको थियो । यससँगै अदालतको फैशला के हुने भन्नेमा प्रतिक्षाको बिषय बनेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...