बालविकास स्वयंसेवक माथि सरकारले उपेक्षा गरेको भन्दै सांसदले झाँको झारे,अब तलब बढ्ने

काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत स्वयंसेवकलाई न्यूनतम तलबमान तोकी न्याय दिन संसदमा आवाज उठेको छ । बजेटमाथि मन्त्रालयगत रुपमा शुरु भएको छलफलमा भाग लिदैं सत्तारुढ दलकै सांसद राजेन्द्र प्रसाद गौतमले सरकारले तोकेको न्युनतम तलबमान समेत नपाएकाले उनीहरुको जीवन यापनमै समस्या भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका हुन् । 

पूर्व प्राथमिक विद्यालयमा कार्यरत बाल शिक्षिकाहरुले न्यूनतम तलब मान  ६ हजारमा मासिक गुजारा गरिरहेका छन् ।  उनले भने नेपाल सरकारको न्युनतम तलबमान १३ हजार ५ सय तोकेको छ सोही बमोजिम न्यूनतम तलब मान तोकी बाल विकास क्षेत्रमा कार्यरत शिक्षिकाहरुलाई न्याय दिलाईयोस् ।

विद्यालयमा कार्यरत कर्मचारीको समेत उचित व्यवस्थापन गर्नु पर्ने भन्दै उनले बर्षौ देखि विद्यालयमा भएर पनि कहिल्यै पेरोलमा नदेखिएका कर्मचारीलाई सरक्षित अनुभूति गर्ने वातावरण निर्माण गर्न उनले ध्यानाकर्षण गराए । 

यस अघि शुन्य समयमा पनि उनले बालविकास केन्द्रमा कार्यरत स्वयंसेवकका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । बिहीबार संसदमा शिक्षा मन्त्रालय सहित खानेपानी र संघीय मामिला मन्त्रालयको बजेट माथि सांसदहरुले धारणा ब्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...