शिक्षक सेवा आयोग परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? यदी हो भने यी कुरा नजानी धरै छैन

शिक्षण पेशाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेशाभन्दा तुलानात्मक रुपमा आकर्षक सेवा सुविधा भएका कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो । विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति/नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन । राज्यले शिक्षक व्यवस्थापनको लागि दीगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्नेसम्बन्धी कतिपय मुद्दाहरु ज्यूउँका–त्यूँँ रहेका छन् ।

शिक्षा क्षेत्रमा देखिएका अनगिन्ति समस्यामध्ये लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुनु उत्तिकै चुनौतीपूर्ण छ । विद्यमान नीति/नियमअनुसार परीक्षा नदिई स्थायी हुन नसकिने भएकोले यसबाट डराउनुभन्दा पनि तयारी गर्नु बुद्धिमानी हो । अस्थायी शिक्षकहरुले धैर्यपूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहज रुपमा परीक्षा दिएर स्वाभिमानीपूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो ।

यस प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरुको आकर्षक र ठोस उत्तर दिनसक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यान दिनु उचित हुन्छ । Content अर्थात् विषयवस्तुको बहुआयमिक अध्ययन हुनु जरुरी छ । विषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context मा समायोजन र सम्बोधन हुनेगरी सहज एवं सरल भाषामा सटिक उत्तर Communicate गर्नु बुद्धिमानी ठहर्छ । परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि Innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरु अधिक अंक प्राप्त गर्नलायक हुन्छन् ।

परीक्षाको तयारी क्रममा विभिन्न उपायहरु अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लूहरुको जानकारी राख्नु बुद्धिमानी ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत–सामग्रीका रुपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरु, विशिष्टिकरण तालिका -Specification Grid) लाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णाङ्क तथा प्रत्येक प्रश्नको अंकभारको बिस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरुको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिन्छ । आयोगबाट निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरुको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।

 बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हत्पत् नगरी धैर्यपूर्वक निष्कर्षमा पुग्नु पर्दछ ।

 प्रश्नपत्रको सुझाब (Instruction)र प्रश्नलाई राम्रोसँग पढ्नु पर्छ ।

 आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकाले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ ।

 समयको व्यवस्थापनका लागि धैर्यपूर्वक प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई विभाजन गर्नुपर्छ ।

 पाठ्यक्रममा तोकेका विषयवस्तुहरुको बिस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत–सामग्रीहरु जुटाउने प्रयास गर्नु पर्छ ।

 प्रिन्टेड सामग्री नपाएपनि अहिले प्रायः सबै संघ–संस्थाले आ–आफ्नो website मा सूचना प्रवाह गरेका हुन्छन् । तसर्थ, आवश्यक सामग्री website मार्फत् Website मा खोज्नुपर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरुको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।

 नियमित रुपमा बिस्तृत र गहन अध्ययन गर्ने ।

 आधारभूत कुराहरु थाहा पाउनेगरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थसमेतको गहन अध्ययन गर्ने ।

 परिभाषामा प्रयोग भएका शब्दहरुको बारेमा पनि बिस्तृत जानकारी राख्ने ।

 विगतमा सोधिएका प्रश्नहरु तथा नमूना प्रश्नहरुको पर्याप्त अध्ययन तथा हल गर्ने ।

 प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, सम्भव भएमा घण्टी बज्नुभन्दा अगाडि नै ।

 कुनै शब्द वा Terminology को बारेमा एकिन नभएमा शब्दकोष वा अन्य सम्बन्धित स्रोत–सामग्री अध्ययन गर्ने ।

 विषय अनुसारको मुख्य अवधारणा (Concept) लाई महत्व दिएर पढ्ने ।

 सामान्य सम्झनेभन्दा पनि बिस्तृत जानकारी राख्नेगरी अध्ययन गर्नाले दीगोसिकाइ हुन्छ ।

 आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरु स्पष्ट र स्थायी हुन्छन् ।

 परीक्षालाई सहज सामना गर्ने मानसिकताका साथ शारीरिक, मानसिक, खानपान, आहारविहार सन्तुलित र सहज हुनु पर्छ ।

 डर, त्रास तथा अनिँदो बस्ने, तनाब लिनेलगायत नकारात्मक प्रवृत्तिबाट टाढै रहनु पर्छ ।

 कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दख्खल र कुनमा कमजोर छु भन्ने जानकारीका आधारमा अध्ययनको समय र सामग्री चयन गरिनु बुद्धिमानी ठहर्छ ।

 परीक्षा हलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण Comfortable हुनु पर्दछ ।

 बहुवैकल्पिक प्रश्नहरुको उत्तरमा चिन्ह लगाउँदा निदेशनअनुसार एकै किसिमका लगाउने (रेजा वा गोलो घेरा) ।

 सम्भावित आफूलाई कन्फ्युज लागेको उत्तरमा हतार गरेर एकैपटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरु सही उत्तरको बारेमा सोचेर एकिन गर्ने ।

 माथिका सबै भन्ने उत्तरहरु प्रायः सही हुन सक्छन् ।

 माथिका कुनै पनि होइन भन्ने उत्तरहरु प्रायः गलत हुन सक्छन् ।

 दोहोरो नकारात्मक प्रश्नहरुले झुक्याउने भएकोले सचेत हुने ।

 लामो प्रकृतिका उत्तरहरु प्रायः सही हुन्छन् ।

 समयको व्यवस्थापन राम्रोसँग गर्ने । यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछि हल गर्ने ।

 प्रश्नहरु हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छुट्याउन बिर्सनु हुँदैन ।

 कतिपय प्रश्नका उत्तरहरु त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरुसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने ।

 यदि आफूलाई उत्तर एकिन भएन र गलत उत्तरमा चिन्ह लगाएबापत् Penalty को (गलत लेखेबापत् अंक घट्ने) प्रावधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने ।

 एकपटक चिन्ह लगाइसकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ हुन्न ।

 परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरीहरुलाई भविष्यमा अन्य परीक्षाको तयारीका लागि काम लाग्ने हुनाले समीक्षा गर्नु बुद्धिमानी ठहर्छ ।

(कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।)


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...