राज्य व्यवस्था समितिको निर्णयविरुद्ध हजारौँ परीक्षार्थी सडकमा आन्दोलनलाई रवीन्द्र मिश्रको साथ

काठमाडौं ।  संसदको राज्य व्यवस्था समितिको निर्णयविरुद्ध परीक्षार्थीले थालेको आन्दोलनमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले साथ दिएका छन् ।  लोकसेवाका परीक्षार्थीले थालेको आन्दोलनमा समर्थन जनाउन साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पनि माइतीघर पुगेका हुन् ।

स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै आन्दोलित युवाहरुलाई साथ दिन मिश्र माइतीघर पुगे ।

उनले भने,  ‘यो देश कसैको विर्ता होइन, तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ’ ।, तपाईं जे लाई घर भन्नु हुन्छ, त्यो झुपडी हो । त्यो झुपडीबाट आउनुभएको छ । तपाईंहरु अघि बढ्नुस्, हामी होस्टेमा हैँसे गरौँला ।

तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ ।’ यो देश सबैको भविष्य भएको बताउँदै मिश्रले यो आन्दोलनमा सबैले साथ दिएमा अघि बढ्ने प्रतिवद्धता पनि जनाए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...