राष्ट्रिय आवश्यकताअनुसार शैक्षिक गुणस्तरमा सुधार हुन सकेनः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आवश्यकताअनुसार शैक्षिक गुणस्तरमा अझै पनि सुधार हुन नसकेको बताइन । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु गरेको हो ।

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन सत्र शितल निवासस्थित राष्ट्रपति कार्यालयमा सञ्चालन भए पनि बाँकी सत्र भने ललितपुरस्थित होटल हिमालयमा जारी छ ।

राष्ट्रपति भण्डारीले शिक्षालाई थप समयसापेक्ष बनाउनु अहिलेको आवश्यकता भएको भन्दै उच्च शिक्षा हासिल गर्न अहिले पनि विद्यार्थीहरु विदेश जाने गरेकाले स्वदेशमै गुणस्तरीय शिक्षा दिएर राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न सकिने बताइन ।

राष्ट्रपति भण्डारीले उच्चस्तरीय शिक्षाको माध्यमबाट समाजमा शिक्षित र चेतनशील विद्यार्थीको उत्पादन गरि राष्ट्रिय आवश्यकतालाई पुरा गर्ने दिशातर्फ लाग्न सरकारलाई सुझाव दिइन ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.तिर्थ खनियाले समृद्धिको सपना साकार पार्न गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विश्वविद्यालय गम्भीर रहेको बताए । भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न ९ मुलुकका प्रतिनिधि सहभागी छन् ।


प्रतिकृया दिनुहोस