लोकसेवा आयोगः उत्तिर्ण भएका उम्मेद्वारलाई रोजेको ठाउँमा जागिर

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहमा ९ हजारभन्दा बढी कर्मचारी राख्न विज्ञापन खुलाएको छ । गोरखापत्रमा बुधबार सूचना छापेर आयोगले स्थानीय तहका लागि प्राविधिक अप्राविधिक गरी ९ हजार एक सय ६१ दरबन्दीका लागि आवेदन माग गरेको हो ।

आयोगले चौथो, पाँचौं र छैटौं तहका कर्मचारी माग गरेको छ । कर्मचारी समायोजनपछि पनि रिक्त रहेका स्थानीय तहमा काम गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको विवरण सिफारिस अनुसार आयोगले विज्ञापन खुलाएको जनाएको छ ।

६७ हजार दरबन्दी रहेको स्थानीय तहमा अहिले ४२ हजार हाराहारीमा कर्मचारी छन्। मन्त्रालयले स्थानीय तहमा रिक्त रहेका कर्मचारी विवरण माग गरेर पदपुर्तिका लागि आयोगलाई सिफारिस गरेको थियो ।

असार ३ गतेसम्म निवेदन दिने म्याद राखेर आयोगले विज्ञापन खुलाएको हो । आयोगबाट यति धेरै संख्यामा कर्मचारी माग भएको यो पहिलो पटक हो ।

आयोगबाट उत्तिर्ण भएका उमेद्वारलाई रोजेको स्थानीय तहमा खटाइनेछ। उनीहरुलाई स्थानीय तहले नै स्थायी नियुक्ति दिने आयोगले गरेको विज्ञापनमा उल्लेख छ । तलवलगायत सुविधा स्थानीय तहले तोकेअनुसार हुनेछ ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...