छात्रवृत्तिको रकमबाट प्रधानाध्यापकले नै खाए ३ लाख २७ हजार कमिसन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको जलकन्या माविका प्रद्यानध्यापक (प्रअ) कृष्णप्रसाद चौलागाँईले छात्रवृत्ति रकममा कमिसन खाँदै आएको पाइएको छ। 

उक्त विद्यालयका विद्यार्थीहरुको भनाइ अनुसार प्रअ चौलागाँईले कक्षा १० र ११ का ६३ जना विद्यार्थीसँग ३ लाख २७ हजार रुपैयाँ कमिसन लिएका हुन् ।

कक्षा १० का ४० जना विद्यार्थीहरुले पाउने ५ हजार रुपैयाँमा प्रतिविद्यार्थी ३ हजारका दरले १ लाख २० हजार रुपैयाँ र कक्षा ११ का २३ जना विद्यार्थीले पाउने ३६ हजार रुपैयाँमा प्रतिविद्यार्थी ९ हजार रुपैयाँका दरले २ लाख ७ हजार रुपैयाँ विद्यार्थीबाट प्रअ चौलागाँईले कमिसन लिएको आरोप विद्यार्थीहरुले लगाएका हुन् ।

 उक्त विद्यालयकी छात्रा रिता विकले उच्च माध्यमिक शिक्षा परिषद्‍बाट पाउने ३६ हजार रुपैयाँ छात्रवृत्तिमा ९ हजार कमिसन नदिएको भन्दै प्रअ चौलागाँईले उनलाई कक्षा १२ को परीक्षा दिनबाट रोकेपछि यस्तो रहस्य बाहिर आएको हो ।

विकबाहेक छात्रवृत्ति पाएका २३ जनाले रकम प्रअ चौलागाईंलाई बुझाएका थिए। तर, वैशाख १५ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा दिन प्रवेशपत्र नदिएपछि कमिसनको कुरा शिक्षा विकास तथा समन्वय इकाई हुँदै शिक्षा मन्त्रालयसम्म पुगेको हो ।

‘कक्षा ११ मा १८ हजार रुपैयाँ छात्रवृत्ति बुझ्दा पअ ज्युले ९ हजार रुपैयाँ दिन भन्नुभएको थियो, तर मैले केका लागि दिने भनेर सोध्दा केही भन्नु भएनु, विकले भनिन्, ुमैले दिइनँ। त्यसपछि कक्षा १२ को परीक्षा दिनेबेला मलाई प्रवेशपत्र नदिएपछि मैले यो कुरा सबैलाई भनेको हुँ ।’ 

सोही विद्यालयका छात्रा कविता ठटालले पनि प्रअ चौलागाईँले ९ हजार रुपैयाँ कमिसन लिएको बताइएकी छिन् । शिक्षा मन्त्रालयले उपलब्ध गराउने माध्यमिक शिक्षा परियोजनाअन्तर्गतको विपन्न लक्षित छात्रवृत्ति रकम सिधै विद्यार्थीको खातामा आउने गरे पनि प्रअ चौलागाईँले चेक साटेपछि ९ हजार रुपैयाँ बैंकमै गएर लिने गरेको विद्यार्थीको आरोप छ । 

छात्रवृत्ति रकममा प्रअले कमिसन लिएको कुरा बाहिर आएपछि शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्का र नरहरि आचार्य, शिक्षा विकास तथा समन्वय एकाइका नेत्र गजुरेल, कमलामाई नगरपालिका सिन्धुली शिक्षा शाखा प्रमुख शंकर लुईंटेलको टोलीले विद्यालयमा नै पुगेर गरेको अनुगमनमा प्रअले विद्यार्थीसँग पैसा लिएको पाइएको हो । 

अनुगमनका क्रममा विद्यालयमा नै पुगेर फर्केका शिक्षा विकास तथा समन्वय एकाइका नेत्र गजुरेलले प्रअ चौलगाईँले विद्यार्थीसँग पैसा लिएको सत्य भए पनि उनले लिएको पैसाको कुनै प्रमाण नभएको बताए ।

‘पैसा लिएको कुरा सत्य रहेछ । तर, विद्यार्थीसँग क्यास पैसा बुझेकाले पैसा लिएको कुनै प्रमाण छैन । यस विषयमा अनुसन्धान भइरहेको छ। अब उनलाई प्रद्यानाध्यापक पदबाट हटाइ कारबाही प्रकृया थाल्छौं,’ उनले भने ।

प्रअ चौलागाईँलाई मन्त्रालयले विभागीय कारबाही गर्ने तयारी गरेको पनि गजुरेलको भनाइ छ। उता यस विषयमा प्रअ चौलागाईँले भने विद्यार्थीसँग पैसा नलिएको दावी गर्दै कक्षा १० र ११ मा पढ्ने सबै विद्यार्थीलाई दामासायी वितरण गर्न विद्यार्थीसँगै मौखिक सहमति भएअनुसार अरु विद्यार्थीलाई दिएको जवाफ दिएका छन् ।

‘सबै विद्यार्थीले छात्रवृत्ति पाउने अवस्था थिएन । छात्रवृत्ति नपाएका विद्यार्थीलाई पनि छात्रवृत्ति पाएकाहरुबाट थोरै पैसा उठाएर सहयोग गर्ने भन्ने सहमति भएअनुसार पैसा लिएर अरुलाई दिएको भए पनि प्रकृयामा भने गलत भएको हो,’ उनले भने ।

प्रअ चौलगाईँले छात्रवृत्ति पारिदिन माथिल्लो तहमै कमिसन खुवाउन आफूले ऋण खोजेर दिएकाले पनि केही पैसा उठाएको हुन सक्ने उक्त विद्यालयका शिक्षकको भनाइ छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...