त्रिवि शिक्षा आयोग खारेजी नगरे सशक्त आन्दोलनको चेतावनी

काठमाडौं, जेठ ८ । त्रिभुवन विश्वविद्यालय शिक्षा आयोग खारेजी नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार शिक्षा आयोगको खारेजीको माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठले बुधबार आयोगको मूलगेटमा धर्ना दिएको हो ।

आयोगका ‘भ्रष्ट’ कर्मचारीलाई तत्काल बर्खास्त गर्न र अवैधानिकरुपमा प्रकाशित त्रिवि सेवा आयोगको परीक्षा खारेज गरिनुपर्ने भन्दै विद्यार्थी संगठनले धर्ना दिएको हो ।

धर्नामा ऐक्यबद्धता जनाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आयोगको गतिविधिले विश्वविद्यालयकै प्रतिष्ठामाथि आँच आएको भन्दै माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

विद्यार्थीको धर्नामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, क्रान्तिकारी युवा लिग, अखिल नेपाल महिला संघ क्रान्तिकारीलेलगायतले ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस