यार्सागुम्बा सङ्कलक विष्टको शब ढुङ्गाले छोपेर राखेर आस्थामा फेला

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...