शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन दुई साताभित्रै,यस कारण भयो बिज्ञापनमा ढिलाई

काठमाडौँ ।  शिक्षक सेवा आयोगले दुई  साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ । आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो ।

२०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए । उनका अनुसार  अबको दुई  साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ । 

आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको छ । सहजता र सुबिधायुक्त बनाउने हुदा बिज्ञापनमा ढिलाई भएको हो। 

आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम तयार पारेको छ । शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गर्न लागेको पनि जनाएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाले तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...