लोकसेवा खोल्नेबारे बाधा अड्काऊ फुकाऊन भोली मन्त्रिपरिषद्को बैठक,बुधबार लोकसेवाले बिज्ञापन गर्दै

काठमाडौँ ।  स्थानीय तहका लागि लोक सेवा खोल्नेबारे बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

र भोली सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताब पारित गरे पछी जेठ ८ गते बुधबार लोकसेवाले बिज्ञापन गर्ने मोटा मोटी तयारी गरेको लोकसेवा श्रोतको भनाई छ । भोली  बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताब पारित गर्ने पक्कापक्की छ । 

स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित आयोगले पठाएको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो ।

आयोगले बाधा अड्काऊ फुकाऊ र नीतिगत यवस्थासम्बन्धमा निर्णय गर्न आग्रह गर्दै परामर्शसहितको पत्र पठाएको थियो । र, यस विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसमेत मन्त्रालयमा छलफल भएको थियो ।

यस सँगै आयोगले केन्द्र तथा देशभर रहेका कार्यालयमार्फत विज्ञापन गर्ने तयारी तीव्र पारेको छ । प्राप्त मागअनुसार ८० प्रतिशत भन्दा बढी खरिदार र नायव सुब्बा (प्राविधिक र प्रशासनिक) खुल्ने छ भने बाँकी अधिकृत र अन्य स्तर रहेको स्रोतले बतायो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै लोकसेवालाई पत्र पठाउँदै ४ सय ३७ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सन्भर्दमा तह र श्रेणीका बिचमा देखिएको अन्यौलता, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्यविधि, बढुवा उम्मेदवारलगायत विषयमा नीतिगत निर्णय हुनुपर्ने लगायत विषयमा आयोगले स्पष्टता खोजेको थियो । त्यो प्रस्ताब पारित भए संगै बिज्ञापन गर्न रोक्ने कानुनी जटिलता हट्ने र बिज्ञापन हुने भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...