दोलखाका शिद्धिवहादुर तामाङको नेतृत्वमा ८ जना शेर्पा मंगलबार सगरमाथाको चुचुरोमा

काठमाडौं । यो सिजनको पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ । आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको पर्यटन विभागले पुष्टि गरेको छ ।

सगरमाथा आरोहणका लागि अनुमति लिएर गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा बसिरहेका छन् । आरोहण सुरु हुनु अघि डोरीसहित गएका शेर्पाले बाटो बनाउने गर्छन् ।

दोलखाका शिद्धिवहादुर तामाङको नेतृत्वमा ८ जना शेर्पा मंगलबार चुचुरोमा पुगेका हुन् । टोलीमा सोलुखुम्बुका दार्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, छन् भने संखुवासभाका पासदावा शेर्पा, दावा नुर्व शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् ।

शेर्पाको टोली शिखरमा पुगेर फर्केपछि अब अन्य आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । यसवर्ष सगरमाथाको उचाई मापन गर्ने नेपालको सरकारी टोली समेत आरोहणको तयारीमा छ 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...