चिनियाँ दूतावासद्धारा उपत्यकाका ३ सय ४२ विद्यार्थीलाई होप स्टार छात्रवृत्ति प्रदान

काठमाडौँ । चिनियाँ दूतावासले उपत्यकाका विभिन्न २३ वटा सरकारी विद्यालयहरुमा अध्ययनरत ३ सय ४२ जना गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई होप स्टार छात्रवृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले होप स्टार चिनियाँ राजदूत छात्रवृत्ति नेपालको शैक्षिक विकासको लागि महत्वपूर्ण रहेको बताए ।

मन्त्री पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवाद समेत दिएका छन् । 

उनले चिनियाँ दूतवासबाट सुरुवात गरिएको होप स्टार छात्रवृत्ति कार्यक्रमलाई शहरी क्षेत्रदेखि नेपालका दूर्गम क्षेत्रसम्म पुर्याउन चिनियाँ राजदूतलाई आग्रह गरे ।

नेपाल र चीनबीच प्राचीन कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको भन्दै मन्त्री पोख्रेलले राष्ट्रपति विद्यादेवी भण्डारीको भख्खरै सम्पन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ आयाम तर्फ अघि बढेको  बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...