शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

 अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेललाई उनकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका हन् । 

ध्यानाकर्षण पत्रमा संविधानले कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेकोले त्यो कार्यन्वयनका लागि बजेट बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् । 

 ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष कँडेलले विद्यार्थी सङ्गठनको मागलाई सकारात्मक रुपमा लिएको भन्दै शिक्षामा बजेट प्रतिशत नबढेपनि रकम बढेको जानकारी गरे । 

उनले  साधन स्रोतले पुगेसम्म बजेट बढाउन सक्दो प्रयास गर्ने समेत बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...