पोखराको पर्यटनको विकाशमा सिक्किम दार्जिलिङमा चर्चा

पोखरा । नेपालमा आश्चर्यजनक प्राकृतिक सौन्र्दय भएको पोखरा दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला संघ नेपाल टेवान को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।

सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभाग अन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो ।

 टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रवद्र्धनका लागि विविध गतिविधि गर्दै आएको बताए ।

उनले पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्र्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको जानकारी दिए । पर्यटन क्षेत्रमा महिलाको समान सहभागिता बिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताउँदै उनले यससंस्थाबाट गरिएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

सिक्किम राज्य ग्रामीण विकास संस्थाका सहायक निर्देशक मनोज क्षेत्रीले महिला बिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताए ।

सिक्किमको पर्यटनको अवस्थाबारे जानकारी गराउँदै उनले यस क्षेत्रमा पछिल्लो समय बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमूनाका दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले जानकारी दिएको बताइएको थियो ।

सिक्किममा होमस्टेको सिकाइ स्याङ्जाको सिरुबारीबाट सिकेको जानकारी दिँदै सहायक निर्देशक क्षेत्रीले सन् २०११ मा मात्र प्रदेश सरकारले १३६ घर बनाएर नागरिकलाई दिएको र स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई रु २० लाखसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको सो अबसरमा बताइयो ।

सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको टेवान नेपालकी उपाध्यक्ष रेनु थापाले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...