अनुतिर्ण हुने अस्थायी शिक्षक घर फर्किनुको बिकल्प छैनः शिक्षामन्त्री पोखरेल

सिमरा । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले अस्थायी शिक्षक अब घर फर्किनुको बिकल्प नरहेको बताएका छन् । बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसंग कुरा गर्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागी परिक्षा प्रणालीद्धारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए ।

उनले अब फेरी दोश्रो परिक्षाको सम्भावना नरहेकाले उतीर्णसमेत हुन नसकेका शिक्षकहरुलाई सम्मानपुर्वक घर फर्काउने बातावरण बनाइने बताए ।

२०४९ सालदेखि अस्थायी रुपमा सेवामा रहेका शिक्षकहरुलाई स्थायी ब्यवस्थापनका लागी अघिल्लो बर्ष लिइएको परिक्षामा उतीर्ण हुनेहरुको धमाधम नियुक्ती प्रकृया अघि बढेपनि अनुतिर्णहरुलाई अर्को कुनै ब्यवस्था गर्न नसकिने उनले बताए ।

अनुतिर्ण शिक्षकलाई सम्मानपुर्वक बिदाईका लागी ‘गोल्डेन हेन्ड्स चेक’ दिइने भनिएपनी समस्या रहेको उनको भनाई छ । शिक्षकको अनुतिर्णको संख्या सोचेभन्दा बढी भएकाले सो रकम दिन समेत नसकिएको उनको तर्क छ ।

सो बिदाईका लागी ५ अर्व रकम छुट्याइएकोमा ९ अर्ब लाग्ने भएपछी सरकारले अनुतिर्ण भएका सबै शिक्षकलाई ‘गोल्डेन हेन्ड्स चेक’ सहितको बिदाई गर्न समेत समस्या भइरहको मन्त्री पोख्रेलले बताए । यद्यपी अर्थ मन्त्रालयमा छलफल चलिरहेकोले थप रकम ब्यवस्थापन गरेर भएपनि बिदाई गर्ने तयारी भइरहेको उनको तर्क छ ।


प्रतिकृया दिनुहोस