नेपाली विद्यार्थीहरुलाई यूरोपमा अध्ययनको अवसर

काठमाडौँ ।  युरोप अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इस्टोनियन एजुकेशनको बारेमा जानकारी गराउनका लागि इस्टोनियन काउन्सिल अफ नेपाल का अवैतनिक बाणिज्यदुत नवराज दाहालको सहकार्यमा डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले इन्फर्मेसन सेसन को आयोजना गरेको छ ।

इस्टडि स्टोनियाकी की स्पोकपर्सन पायल राजपालले इस्टोनिया को शैक्षिक संस्था हरूका बारेमा जानकारी गराएकी थिइन् । इस्टोनियामा बिशेषत साईवर सेक्युरिटी इन्जिनियरिङ, इन्टरनेसनल बिजिनेस, स्टाटअप इन्टरप्रिर्न्रसिप, गेम, डिजाइन, म्युजिक, फिल्म, रोबटिक्स, इन्टरनेसनल ल लगायत थुप्रै कोर्स हरू सञ्चालन भइरहेको पनि जानकारी गराएकी थिइन् ।

इस्टोनियाले अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई स्वागत गरिएको हुदा स्टडी इन इस्टोनिया संग सहकार्य गरि डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले यो कायक्रम को आयोजना गरेको बिकल्प राज पोखरेलले जानकारी दिए ।

उतरि युरोप, फिनल्याण्ड नजिक रहेको इस्टोनिया बाटै स्काइपको बिकास भयको हो । स्टाटअप पर क्यापिटा उच्च रहेको इस्टोनियामा अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई धेरै अबसर रहेको कायक्रम मा जानकारी गराइएको थियो ।

हायर एजुकेशनमा इस्टोनियामा टालिन युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ टार्टु, इस्टोनियन एकेडेमी अफ आर्टस, इस्टोनियन एकेडेमी अफ म्युजिक एण्ड थिएटर, इस्टोनियन बिजिनेस स्कुल, इस्टोनियन इन्टरप्रिनर्सिप युनिभर्सिटी अफ अप्लाइड साईन्सेज् , इस्टोनियन युनिभर्सिटी अफ लाईफ साईन्सेज् र टालिन युनिभर्सिटी लगायतका शैक्षिक संस्था हरू सञ्चालित छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...