पुस्तक नीति कार्यान्वयनमा चुनौती : मन्त्रालय भन्छ, बैशाखभित्रै नीति कार्यान्वयनमा आउँछ

काठमाडौं । पुस्तक नीतिको अभावमा नेपालमा प्रकाशन भएका पुस्तकहरु अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धामा जान सकेका छैनन् । लामो समय नीतिबारे छलफल भए पनि अहिले यो विषय सेलाउँदै जाने गरेको छ । नीति पारित नहुँदा धेरैवटा पुस्तक प्रकाशनमा आए पनि त्यसको अनुगमनमा भने चुनौती थपिएको छ ।

विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयले २०७३ सालमा नै पुस्तक नीतिको तयारी गरेको थियो । तर, ०७५ साल बितिसक्दा पनि यो नीति मन्त्रालयले पारित गर्न सकेको छैन ।

यही बैशाख १० गते अन्तर्राष्ट्रिय पुस्तक दिवसलाई विश्वभर भव्यताका साथ मनाइँदैछ । मन्त्रालयले पुस्तक दिवसको अवसर पारेर नीति पारित गर्ने भने पनि विभिन्न ठाउँबाट समयमा नै काम नभएपछि कार्यान्वयनमा आउन नसकेको शिक्षा मन्त्रालयका सहसचिव यादवचन्द्र निरौला बताउँछन् । ‘यही बैशाख महिनाभित्र पुस्तक नीति कार्यान्वयनमा आउँछ’ निरौला भनछन्, ‘नीति निर्माणको कामअन्तिम चरणमा पुगेको छ, अब चाडै निती बन्छ ।’

हाल उक्त नीति बनाउने जिम्मा मन्त्रालयको नीति विश्लेषण तथा कार्यान्वयन शाखाले पाएको छ । तर नीति पारित होला कि न होला भन्ने संकोच भने आम जनमानसमा कायम नै छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...