तीनपटक अन्तर्वार्तामा गुल्टिएरै भए पनि यसरी नाम निकालेँ

लोकसेवामा नाम निकाल्न त्यति सजिलो छैन । तर, इच्छाशक्ति भए अवस्य पनि नाम निकालन सकिन्छ । त्यसका लागि निक्कै मेहेनतको जरुरत छ । किनकी मेहेनतले नै सफल पनि बनाउँछ । लोकसेवामा नाम निकाल्दा कृष्णराज खतिवडाले पनि निक्कै प्रयास गरे । यस्तो छ लोकसेवा दिँदाको उनको अनुभव :

इच्छाशक्ति र निरन्तरको अभ्यासले मात्र म नेपाल सरकारको अधिकृत हुन सफल भएँ । मेरो हकमा सरकारी सेवामा छिर्न भिरमौरीको मह काढ्नजस्तै सकस भयो । मैले परीक्षा दिएका सबै लिखित परीक्षा पास गरेँ ।  तर अन्तर्वार्तामा असफल भएँ । परीक्षामा प्रश्नको मौलिक उत्तर लेख्थेँ । हरेक प्रश्नको उत्तरमा १–२ जना विद्वान्को परिभाषा हुबहु लेख्थेँ । अनि विषय प्रवेश गर्थें । सकेसम्म चित्रबाट, नसके प्याराग्राफ र बुँदागत लेख्थेँ ।

सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण हुँदा म औसत विद्यार्थी थिएँ । एसएलसीपछिको अध्ययनका लागि काठमाडौं आएँ । अग्रजहरूको सुझाबमा सिटिइभिटीको १८ महिने प्याथोलोजी ल्याब असिस्टेन्टको तालिम लिएँ । सँगै सरस्वती बहुमुखी कलेज ठमेलमा रात्रि कक्षामा आइए पढ्न थालेँ । प्याथोलोजी ल्याबको तालिमपछि नुवाकोटको बट्टारमा पोलिक्लिनिक खोलेँ । तर, एक वर्षमै पोलिक्लिनिक बन्द भयो । त्यतिवेला लुकेर भिजिट भिसामा अमेरिका जान सिंगापुरसम्म पुगेँ । तर, एक महिनापछि सिंगापुरबाटै नेपाल फर्किएँ ।

त्यहाँ पनि असफल भएपछि एक गैरसरकारी संस्थासँग आबद्ध भएर काम गर्न थालेँ । तीन वर्षसम्म गैरसरकारी संस्थामा काम गर्दा राजनीतिशास्त्र र नेपाली विषयमा स्नातक पनि उत्तीर्ण गरेँ । फेरि जिल्लाकै एक गैरसरकारी संस्थामा ५ वर्षका लागि आबद्ध भएँ । यसबीचमा नेपाली सहित्यमा एमए गरेँ ।

लोकसेवाले नायब सुब्बाको नयाँ पाठ्यक्रम २०६९ बाट लागू गरेको रहेछ । त्यही वर्ष लोकसेवा तयारीमा जुटेँ । लोकसेवा तयारी सामग्रीहरू दैनिक ३–४ घन्टा पढ्थेँ । यसरी ३ महिनाको तयारीमा नायब सुब्बाको परीक्षामा समावेश भएँ । रिजल्ट आउँदा मेरो नाम पनि निस्किएको रहेछ । तर, अन्तर्वार्ता राम्रो भए पनि कम्प्युटर सीप परीक्षणमा असफल भएँ । र, लोकसेवा प्रवेश गर्ने पहिलो अभ्यास असफल भयो ।

त्यसपछि अधिकृतका लागि लोकसेवा तयारी कक्षा लिएँ । अधिकृतका लागि मैले १३–१४ घन्टा परीक्षाको तयारी गरेँ । पुराना प्रश्नहरू तीन घन्टाको अवधिमा सक्ने अभ्यास गरेँ । यस्तै, महत्ववपूर्ण विषयहरू नोट बनाउने, लेख्ने र सूत्र बनाएर पढेँ । तयारी गर्दा मैले भेटेजति सबै किताब पढेँ । लगातार पढ्ने र पढेको विषय सम्झन प्रयास गर्थें । त्यस विषयसँग सम्बन्धित विद्वान्हरूको भनाइ कण्ठ गर्थें । परीक्षा दिएँ । तर, मेरो नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्कियो ।

दोस्रोपटक फेरि अधिकृतकै लागि तयारी थालेँ । तर, अघिल्लो वर्षको तुलनामा परीक्षा थप राम्रो भएको थियो । तर, अन्तिम रिजल्टमा दोस्रोपटक अधिकृतको वैकल्पिक उम्मेदवारमा चित्त बुझाउनुप¥यो ।  तीनपटक लगातार लोकसेवामा वैकल्पिकमा पर्दा मानसिक रूपमा म निकै कमजोर भइसकेको थिएँ । ०७२ साल, तेस्रोपटक अधिकृतका लागि तयारी गर्दा मैले खुलेजति सबै कार्यालयका लागि फर्म भरेँ । सिलेबस हेरेर तयारी गरेँ । निजामतीसहित अन्य तीन निकायमा परीक्षा दिएँ । यसपटक परीक्षा दिएको सबै निकायमा मेरो नाम निस्कियो, अर्थात् उत्तीर्ण भएँ । निजामती सेवाको प्रशासन सेवा राजस्व समूहमा सिफारिस भएँ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...