किन कारबाही भएन् बढि शुल्क लिने विद्यालयलाई ?


 गुल्मी  । गुल्मीको  मुसीकोट नगरपालिका २ स्थित खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपि लिँदा तीन हजार रुपैयाँ तिर्नुपर्ने अवस्था अझै कायमै छ।। शिक्षकलाई तलब त नेपाल सरकारबाट व्यवस्था भएकै हुन्छ । नेपालको संविधानमा निशल्क शिक्षा उल्लेख भएपनि कार्यान्वयन हुन सकेन् । 

 ईश्मा गाउँपालिका ४ की पूर्णिमा नेपालीका बुबा दानबहादुरले तीन हजार रुपैयाँ तिर्नुपरेको गुनासो व्यक्त गरेको छन् । 

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले प्रमाणपत्रको प्रतिलिपि लिँदा २०० रुपैयाँ सम्म लिन र प्रमाणपत्र लिँदा ५०० रुपैयाँसम्म लिन निर्देशन दिएको बताए।

 स्थानीय स्तरबाट र अभिभावकबाट रकम धेरै लिएको गुनासो आएपछि विद्यालयलाई सो बापतको रकममा कटौती गर्नका लागि निर्देशन दिएको सापकोटाले दाबी गरे। 

 प्रधानाध्यपक कृष्ण सूर्यवंशीले अहिलेसम्म सोही रकम लिँदै र यो शैक्षिकसत्रदेखि परिमार्जन गर्ने सोचमा रहेको उनले बताए। 

विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेकाले सोही अनुसार शुल्क लिने गरेको बताए।  एक वर्षमा लिए ३३ जनाले प्रमाणपत्र   आर्थिक वर्ष २०७५्०७६ मा ३३ जनाले प्रमाणपत्र लिएको लेखा शिक्षक श्रीराम पोखरेलले जानकारी दिए।

 उनका अनुसार तीन हजारका दरले ९९ सय हजार रुपैयाँ जम्मा भएको बताए। उनले यसरी प्रमाण पत्र लिएको रकम र एक जनाले प्रतिलिपि निकालेको थप तीन हजार गरी कुल एक लाख दुई हजार रुपैयाँ जम्मा भएकोमा सो रकम विद्यालयमा राखिएका स्थानीय शिक्षकहरूको तलबमा खर्च गरिएको  पोखरेलले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...