त्रिविको लापरवाहीको यो हद : पूर्णांक भन्दा प्राप्तांक धेर !

काठमाडौं । कुनै पनि परिक्षामा शतप्रतिशत नम्बर आउनु अस्वभाविक होइन । तर, पूर्णांकमा तोकिएको भन्दा धेरै नम्बर कहिले आउन सक्ला र ? यदी आयो भने त्यसलाई के भन्ने ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई प्राप्ताङक दिँदा त्यस्तै गम्भीर त्रुटि गरेको पाइएको छ । त्रिविले एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको पाइएको हो ।

त्रिविले विएस्सी प्रथम वर्षको परिक्षाको लब्धांकमा ४० पूर्णाकमा पास मार्क १६ ल्याउँदा पास हुनुपर्नेमा ती विद्यार्थीको लब्धांकमा ४२ नम्बर उल्लेख गरिएको छ । ती विद्यार्थीको अन्य विषयको नम्बर सही लेखिएको छ । तर,  ‘जिओलोजी प्राक्टिकल’मा भने ४२ अंक प्रदान गरिएको छ ।  

यो विषयमा उत्तीर्णाङक १६ छ । परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको हो ।’ पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको जोशीले बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...