नयाँ वर्षको पहिलो दिन लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

Buddha murti

भैरहवा । पर्यटक आगमन बढाउन लुम्बिनी भ्रमण वर्षको शुभारम्भ भएको छ ।

बेलहिया–बुटवल छ लेन सडकमा बुद्ध मूर्ति अनावरण गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेकाले यसलाई साकार पार्न नयाँ वर्षकै अवसर पारेर तिलोत्तमा नगरपालिकाले बुद्ध मुर्ति स्थापना गरेको हो ।

तिलोत्तमा–२ योगीकुटीदेखि पडसरी सम्म प्रत्येक दुईसय मिटरको क्षेत्रमा बुद्धमूर्ति राख्ने योजना नगरपालिकाले बनाएको छ । यसअनुसार करिव ५० वटा बुद्धमूर्ति राखिने छ ।

आइतबार बुद्धमूर्तिको अनावरण गर्दै प्रदेश पाँच सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन यो अभियान सार्थक हुने बताए ।

प्रतिकृया दिनुहोस