१० हजार शिक्षक करारमा लिने सरकारको तयारी, मंगलबारसम्ममा टुंगो लाग्ने

Sikshak aayog 16

काठमाडौं । सरकारले विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न गृहकार्य अगाडि बढाएको छ ।

शिक्षा नियमावलीको दफा २७ मा शिक्षक अभाव पूर्ति गर्न करारमा शिक्षक लिनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले आगामी मंगलबारभित्र करारमा शिक्षक नियुक्ति गर्ने विषयमा निर्णय गर्ने भएको छ ।

आयोगको परीक्षामा करिब १० हजार शिक्षक अनुत्तीर्ण भएको अनुमान गरिएको छ । अस्थायी शिक्षकको भरमा सञ्चालन भएका दर्जनौं विद्यालयमा अहिले शिक्षकको अभाव खड्किएको छ । कतिपय विद्यालयमा त अस्थायी र करारका शिक्षकले प्रधानाध्यापक चलाइरहेका थिए ।

केन्द्रले आयोगको परीक्षमा अनुत्तीर्ण अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्थाअनुसार कार्य गर्ने गरी शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलपछि एक साताभित्रै करारमा शिक्षक राख्नेगरी योजना अघि बढाएका छन् ।

शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो ।

अनुत्तीर्ण शिक्षकलाई करारमा नियुक्ति गर्न नमिल्ने स्पष्ट व्यवस्था भएपछि विद्यालय व्यवस्थापन समितिमार्फत करारमा शिक्षक नियुक्ति गर्ने योजना अघि सारेको हो । खाली भएको स्थानमा नयाँ शिक्षक आउन करिब तीन महिना लाग्ने भएकाले छोटो अवधिका लागि करारमा नयाँ शिक्षक व्यवस्थापन गर्न लागिएको हो ।

केन्द्रले मन्त्रालयसमक्ष विद्यालय व्यवस्थापन समितिमार्फत करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने जनाउँदै पत्राचार गरेको छ । पत्रमा स्थानीय तहमार्फत शिक्षक व्यवस्थापन गर्न प्रस्ताव गरिएको छ ।

मन्त्री पोखरेलले पनि अनुत्तीर्ण शिक्षकलाई पुनः करारमा नियुक्ति गर्ने पक्षमा छन् । मन्त्री पोखरेल फेल भएका शिक्षकलाई पुनः करारमा नियुक्ति गर्दा विद्यालय शिक्षाको गुणस्तर खस्कने बताउँदै आएका छन् ।

शिक्षा नियमावलीको ९७ ‘क’मा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरू चैत मसान्तसम्म अवकाश हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार केन्द्रले सबै समन्वय इकाइलाई तत्काल अनुत्तीर्ण भएका शिक्षकको अवकाशपछि पाउनुपर्ने सुविधासहित कागजात पेस गर्न निर्देशन दिएको छ ।

‘यसरी अवकास हुने अस्थायी शिक्षक, उमेरहदबाट यस अघि नै अवकास भएका अस्थायी शिक्षक, सुविधा प्राप्त गर्ने सर्तमा राजीनामा स्वीकृत गराएका अस्थायी शिक्षक तथा मृत्यु भएका शिक्षकहरूको अस्थायी शिक्षकको सेवा सुविधासम्बन्धी संलग्न सिफारिस पत्र र सेवा सुविधा प्राप्त गर्न चाहिने आवश्यक कागजातहरू संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय शिक्षक किताबखानामा अविलम्ब पठाउने व्यवस्था गर्न’ उल्लेख गर्दै सचिव स्तरीय निर्णय गरी पत्राचार गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...