प्रदेश २ मा एसईईका बाँकी परीक्षा स्थगित, अन्यत्र भने जारी रहने

Seee exam sthagit

काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा एसईईको परिक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ । शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।

बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५ सय ६८ जना परीक्षार्थी छन् भने २ सय ६२ परीक्षा केन्द्र तोकिएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधी गिरिराजमणी पोख्रेलले पत्रकार सम्मेलन गरी प्रदेश २ को एसईईका बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिएका छन् ।

मन्त्री पोखरेलले स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्ने बताए । उनले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो ।मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा भएको थियो । बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भयो भने शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...