शनिबार हुने परिक्षाको प्रश्नपत्र पनि आउट भएकै हो त ? यस्तो वास्तविकता

See que out 15

काठमाडौं । यतिबेला देशभर एसईईको परिक्षा सञ्चालन भइरहेको छ । तर, २ नम्बर प्रदेशमा भने दिनहुँ प्रश्नपत्र परिक्षा अघि नै सार्वजनिक भइरहेकाले विद्यार्थीलाई मात्रै होइन, आम नेपालीलाई नै चिन्तित बनाएको छ ।

बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो भने शुक्रबार हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ ।

परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीले प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरे । कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भयो । सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य जिल्ला पनि विद्यार्थीको प्रदर्शनले तनावमय बन्यो ।

शनिबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परिक्षा हुँदैछ । तर, परिक्षाको एक दिन अगाडी नै प्रश्नपत्र पनि आउट भएको भनिएको छ । प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा आएपछि प्रश्नपत्र आउट भयो भन्ने आशंका गरिएको छ ।

फेसबुकबाट पनि प्रश्नपत्र बाहिरिएको बताइएको छ । तर त्यो प्रश्नपत्र नक्कली भएको पुष्टि भएको छ । अघिल्लो वर्ष सोधिएको प्रश्नपत्रलाई सामाजिक सञ्जालमा राखेर अहिले ‘भाइरल’ बनाइएको छ ।

सामाजिक सञ्जालमा धेरैले प्रश्नपत्र पनि सेयर गरिरहेका छन् । यसअघि विज्ञान र सामाजिक विषयको प्रश्न पनि सामाजिक सञ्जालबाटै आएकाले धेरैले यसलाई पत्याए । त्यसैका आधारमा शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र आउन भएको सो हल्ला पनि भ्रम नभएर सहि भएको तर्क गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...